प्रकाशपुर साउन ११ –अविरल बर्षाको कारण सुनसरीमा घरहरु डुवानमा परेको छ भने परिवारहरु बिस्थापित भएको छ । प्रकासपुरमा बाहुनि खोलाको पानी अनियन्त्रीत भई मानव वस्तीमा पानी पस्दा परीवार बिस्थापित भएको हो । प्रकासपुरका वार्ड नं. १ र ७ मा पानी पस्दा ५ घर परीवार बिस्थापित भएको जनाएको छ। त्यसैगरी कप्तानगंज ९ को दिव्य मा.वि.मा मरीया खोलाको पानी अनियन्त्रीत भई पानी स्कुलमा पस्दा पठनपाठनमा बाधा परेको छ ।,
,
बविया १ र ६ नम्बरमा सुनसरी खोलाको पानी अनियन्त्रीत भई ३५ घर डुबानमा परेको छ ।यसै गरी सुनसरी को डुम्राहा – २ र भोक्राहा – ३ जोडने सुनसरी खोलामा अबस्थित झोलुङगेपुल डुम्राहा ९ बस्ने हरेराम मण्डलको खेत बाट निकास भई आएको पानीले उक्त पुलको पिलर कटान गरिरहेको देखि स्थानिय बासी र प्रहरी द्धारा पानी अन्यत्रबाट निकास गर्ने कार्य भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।