सुनसरी, साउन ११ – सुनसरी प्रशासनले कोशी ब्यारेज पुलको सुरक्षा जाँचका कडाइ गरेको छ । भारत तथा अन्य विभिन्न मुलुकमा आतङ्कवादी हमला बढ्दै गइरहेका बेला भारत बिहारमा पनि सुरक्षा चेतावनी बढेपछि ब्यारेज क्षेत्रमा सुरक्षा जाँचलाई कडा पारिएको हो । भारत बिहारका सुपौल जिल्लाका डिस्ट्रिक रेजिटमेटले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेर मुस्किल आतङ्कवादी समूहले सुनसरी र सप्तरी जिल्ला जोडेको पुल उडाइदिने धम्की आएको भन्दै सुरक्षा माग गरिएकाले ब्यारेजको सुरक्षार्थ सुरक्षा जाँचमा कडाइ गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले कोशी ब्यारेज क्षेत्रमा नेपाल र सशस्त्र प्रहरीको क्याम्प नै राखेर आवतजावत गर्ने सवारीसाधन र पैदल हिड्ने माथि कडा निगरानी बढाइएको जानकारी दिए ।भारत बिहारका समकक्षीले विश्वस्त रुपमा सुरक्षा चेतावनी आएको भनेर ब्यारेजको सुरक्षाका लागि आग्रह भई आएकाले त्यही विषयलाई गम्भीरतापूर्वक लिएर सुरक्षा जाँचसँगै आवतजावतमा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी चापागाईंले बताए । उनका अनुसार सुरक्षा जाँचमा कडाइ पारेपछि अवस्थामा अहिलेसम्म कुनै शंकास्पद अवस्थाका मानिस भने फेला नपरेको पनि चापागाईंले जानकारी दिए । सुरक्षालाई अल्मल्याउनका लागि आतङ्कवादी समूहले अफवाह फैलाएको पनि हुन सक्ने उनको भनाइ छ ।

Kosi_2037399f

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen