धरान साउन ९ – लामो समयदेखी ज्योतिषको काम गर्दै आउनुभएका धरान १४ बिजयपुर निवासी ३४ बर्षीय अच्युत भट्टराइको शनिबार साझ ५ बजे डुबेर मृत्यु भएको छ । धरान स्थित पिण्डेस्वर मन्दिर प्राङगणको सरस्वती सरोवरमा नुहाउन गएका ज्योतिषको डुबेर मृत्यु भएको हो । डुबेर अचेत बनेका ज्योतिष भट्टराइलाई उपचारको क्रममा लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । मन्दिर आसपास रहेको सोवरमा नुहाउन गएका भट्टराइ चिप्लेर पोखरीमा छिरेपछि उनी अचेत बनेका प्रत्यक्षदर्शीहरूले बताएका छन ।