झुम्का साउन ८- स्वास्थ्य सेवामा सुधारको माग राख्दै अनशनमा रहेका शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीको आन्दोलनलाई समर्थन जनाउँदै झुम्कामा युवाहरुले हस्ताक्षर संकलन गरेको छ ।
झुम्का चौकमै झुम्केशवर मन्दिर अगाडी सनिवार युवाहरु भेला भएर आइ.एम.विथ डां केसी लेखेको ब्यनर सहित केसीको समर्थनमा हस्ताक्षर संकलन गरेको हो । कोहीलाई यहाँ जती खाएपनि पुग्दैन कोहि यहाँ देशकोलागी नखाएर मर्न त्यार छ ,देशको बेथिती बिरुद्ध लडने की सधै देश खत्तम भयो भन्ने ? प्ले कार्ड बोकी स्वतःस्र्फुत भेला भएका युवाहरु समर्थन जनाएका हुन । चार सय भन्दा बढीले गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाउने हस्ताक्षर अभियानमा सहभगी युवा सुदिप अधिकारीले बताउनु भयो ।