झुम्का साउन ६ – सुनसरीको रामधुनीभासि झुम्का बजारमा बिहविार भएको रक्तदान कार्यक्रममा १ सय ३२ पिन्ट रगत संकलन भएको छ । नेपाली काङ्ग्रेस नगरकार्य समितिको आयोजना र तरुणदल नगरसमितिको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा १ सय ३२ पिन्ट रगत संकलन भएको हो ।
नगरकार्य समितिको कार्यलयको प्राङ्गणमा बिहान ८ बजे देखि सुरुभएको रक्तदान कार्यक्रममा रगत संकलन गर्ने पोलिथिनको अभावका कारण रगत लिन नकसकेको नगर अध्यक्ष सुदिप अधिकारीले बताउनु भयो । केहि रक्तदाताहरु फर्केको समेत नगर अध्यक्ष अधिकारीले रेडियो रामधुनीलाई बताउनु भयो ।
३४ औं बि.पी.स्मिृती दिवसको अबसरमा “रक्तदान जीवनदान“ भन्ने नारालाई आत्मसात गर्दै खुल्ला “रक्तदान“ कार्यक्रम गरिएकोजनाएको छ ।