झुम्का असार ४ – झुम्काका सफल ब्यापारी स्वर्गीय बतहु चौधरीको आज मंगलबार काज कृया सम्पन्न भएको छ । झुम्का बजार स्थापनाकाल देखिनै किराना पसल गर्दै आएका सफल ब्यापारि स्वर्गीय चौधरीको काज कृयाको आज अन्तिम दिन श्रदाञ्जली सभा समेतगरी सम्पन्न गरेको परिवारजनले जनाएको छ । श्रदाञ्जली सभा घरपरिवार,आफन्तजन,ब्यापारी,समाजसेविको उपस्थितीमा आज गुरु पुर्णिमाको दिनसम्पन्न भएको साईलो छोरा सुरेश चौधरीले रेडियो रामधुनीलाई बताउनु भयो ।
स्वर्गीय चौधरीको ७५ बर्षको उमेरमा असार २१ गते राति निधन भएको थियो । चौधरी झुम्का उधोग बाणिज्य संघका सदस्य समेत हुनहुथ्यो । स्वर्गीय साधु चौधरी र झल्टि देबि चौधरीको कोखबाट जन्मनु भएको कान्छो छोरा हुनुहुथ्यो ।साबिक पकली वार्ड नं. ७ पोखरीयामा १९९८ बैशाख २८ गतेका दिन जन्म भएको थियो । रामधुनीभासि वडा न २ झुम्का बजारमा बजार स्थापना कालदेखिनै बजार ब्यवस्थापनमा वहाँको ठुलो योगदान रहको थियो । बजार स्थापना कालदेखिनै एउटा सानो पानपसलबाट ब्यापार सुरुवात गरेको वहाँले आफनो जीवनको आधा भन्दा बढी समय झुम्का बजारमा बिताउनु भयो । वहाको चार छोरा एक छोरी र चार बुहारी नौ जना नातानातिनि रहेको छ । छोरा बलकराम चौधरी,छेदन चौधरी,सुरेश चौधरी,जितेनद्र चौधरी र छोरी देब कुमारी चौधरी । बुहारी सितली देबि चौधरी,चुन्नदेबि चौधरी,भगवती चौधरी,कल्पना चौधरी रहेका छन ।

batahu final

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen