झुम्का असार ३०– रामधुनीभासि नगरपालिकाले आज तेस्रो चौमासिक सार्वजानिक सुनुवाई कार्यक्रम सम्मपन्न गरेको छ । कार्यकारी अधिकृत प्रमोद चौधरीको अध्यक्षतामा चौमासिक भित्र गरिएका गतिबिधिहरुको बारेमा सार्वजानिक गर्दै कार्यक्रम सम्मपन्न भएको हो ।Photo2237
कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत हर्षलाल चौधरीले आर्थिक बर्ष २०७२÷७३ को एकिकृत आयब्यविवरण प्रस्तुत गर्नु भयो भने शहरी पुर्वाधार विकास शाखा ईन्जिनियर अमित चौधरीले सम्पन्न र सम्पन्न बाँकी रहेका भौतिक पुर्वाधारका कार्यहरुका बारेमा प्रष्ट पार्नु भएको थियो । सार्वजानिक गरेका कार्यक्रमहरुका बारेमा उपस्थित स्थानीय वासिले गुनासो गर्दै रामधुनीभासि कृर्षि क्षेत्र बढि भएपनि कृषि क्षेत्रमा खर्च आउन नसकेको गुनासो गरेका छन । त्यसैगरी लक्षित बर्गहरुलाई छुटयाएको रकम के कति खर्च भए पारदर्शि  नभएको,बिभिन्न वडामा अझै खुल्ला दिशा गरिरहेको,बिकासका योजनामा रकम उपलब्ध गराउन नसकेको, योजना कार्यक्रमहरुको प्रभावकारी अनुगमन हुन नसकेको गुनासोहरु उठेका छन । कार्यक्रममा सुरक्षा प्रहरी प्रशासनको समेत गुनासो उठेका थिए । प्रहरीमा कुनै किसिमका घटना हुदा सर्वसाधारणको कुरा सुनुवाई नहुने नेता गएपछि मात्र सुनुवाई हुने परिपाटि रहेकाले जहिलेपनि नेताकै पछि लाग्नु पर्ने बाध्यता रहेको गुनासो गरेका छन ।

Photo2246
कार्यक्रममा उठेका गुनासोहरुलाई कार्यलय प्रमुखहरुले जवाफ दिएका थिए । कार्यकारी अधिकृत प्रमोद चौधरीले जवाफ दिदै बजेट सिलिङ्गमा रहेको रकमहरु आईनसकेकोले बिकास योजनाका कार्यक्रमहर प्रभावकारी बनाउन नसकेको बताउनु भएको छ । दरभाउमै ठेकेदार संग कामगराई रहेको भन्दै लक्षित बर्गहरुको केहिरकम निकासागरीदा ठोस काम भएको बताउनु भयो । तर स्थानियले वास्तिविक रकम पार्दशिता नगरेको प्रति जिज्ञासा उठाएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका ईन्सपेक्टर सान्त राम कार्कीले नेताको होईन सर्वसाधारणको कुरा सुन्ने यसकालागी जनता र प्रहरी साथिको कार्यक्रम समेत लागु गरेको बतउनु भयो । पसुसेवा कार्यालय झुम्काका प्रमुख दुर्गा प्रसाद पराजुलिले पसु सम्बन्धमा आएको जिज्ञासाका बारेमा जवाफ दिनु भएको थियो ।

Photo2239

Photo2245

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen