झुम्का असार २९ – रामधुनीभासि नगरपालिकाले एकिकृत सम्पति कर सम्बन्धि १५ दिने सुचना जारी गरेको छ । नगरपालिका क्षेत्र भित्र बसोवास नगर्ने करदाताहरुले नगरपालिका वा सम्पति रहेको वडा कार्यलयमा तथा नगरपालिका भित्र स्थाई बसोवास भएका करदाताहरुले एकिकृत समपतिको मुल्याङ्कन गरी नगपालिकामा पेश गर्नकालागी सुचना जारी गरेको हो ।
स्थानिय स्वयत शासन ऐन २०५५ को नियम १४० तथा नियमावलि २०५६ को नियम २७६ बमोजिम बनेको एकिकृत सम्पति कर ब्यवस्थापन निर्दैसिका २०७२ को अधिनमा रहि असार २१ गतेको मुल्याङ्कन समितिको बैठकको निर्णय अनुसार सुचना जारी गर्दै स्वयम सेवकमार्फत नगर पालिकामा पेश गर्न भनिएको हो । एकिकृत समपति कर पेश नगर्ने करदाताहरुलाई निर्दैशिका २०७२ अनुसार दण्ड सजाय हुने नगरपालिकाले जनाएको छ । एकिकृत समपत कर भननाले नगर क्षेत्रको जग्गा र त्यसतो जग्गामा बनेको भवन,सेड,ग्यारेज जस्ता भौत्तिक संरचना रहेको जनाएको छ । यो करको दायरामा नगर क्षेत्र भित्र आफनो स्वामित्वमा जग्गा वा संरचना भएका समपुर्ण ब्यक्तिहरु पर्ने हुन्छ ।
एकिकृत समपतिमा नगरपालिकाले गरेको मुल्याङ्कन माथिकरदातालाई चित्त नबुझेमा बिजक प्राप्त भएको ३५ दिन भत्र नगरपालिका प्रमुख समक्ष लिखित उजुरी दिन सकिने छ ।बिस्तृत जानकारीकालागी फोन नं. ०२५५६२००५ र ०२५५६२५६६ मा समपर्क राख्न तथा रामधुनीभासी नगरपालिका कार्यलयमा सम्पर्क राख्नु होला ।