झुम्का असार २८ – युथ क्रिएशन सुनसरीले रामधुनीभासि नगर क्षेत्र अन्तर्गतका युवाहरुलाई उधमसिल्ता बनाउनकालागी नगरपालिकाको सभाहलमा आज छलफल गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा युथ क्रिएशन सुनसरीले अति बिपन्न परिवारका युवाहरुलाई उधमसिल्ता बनाउनकालागी स्थानिय निकाय तथा सरोकारवालाहरु संग छलफल गरेको हो । IMG_20160712_094842
दिन प्रतिदिन युवाहरु बिदेशिने भएकोले उनीहरुमा सिप र क्षमता अभिबृद गराई स्वदेशमै बिभिन्न आय आर्जन गर्न सक्ने सिप प्रदानकालागी युथ क्रिएशन सुनसरीलका सत्यनाराण थारुले जानकारी दिनु भयो । छलफलमा सहभागी भएका समाज सेवी पुष्प भटराईले युवाहरुमा कृषि उधम बिकासकालागी सिप सिकाउनु पर्नेमा जोड दिनु भयो । उहाँका अनुसार युवाहरुमा कृषि उधम बिकासकालागी सिप सिकाउ सके उनीहरुमा उर्जा थपिने बताउनु भयो । नगरपालिकाको रणनिति अनुसार युथ क्रिएशनले कार्यक्रमका योजनाहरु लान सके सबै पक्षबाट सहयोग पाउन सकिने र कार्यसफल हुने बताउनु भयो ।

 

IMG_20160712_094943
युथ क्रिएशन सुनसरीले यस भन्दा पहिले रामधुनभासि लगायत ६ वटा गाबिसका युवाहरुलाई ड्राईभिङ्ग,प्लबिङ्ग,सिलाई कटाई,बियुटिसियन,कुक,ईलेक्ट्रिसियनमा तालिम दिई सकेको छ । यस किसिमका तालिमले बिदेश जानकालागी मात्र प्रवद्र्धन गर्ने भएकोले अबका दिनमा तालिमको अवस्थालाई परिवर्त गर्नु पर्ने स्थानिय ईश्वर घिमिरेले सुझाव दिनु भयो ।
छलफलमा सरोकारवालाहरु २५ जना भन्दा बढि उपस्थिती रहेको थियो सबैले सुझाव दिएका थिए भने रोजगार सम्बन्धमा सत्यनारायण थारुले सहजीकरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen