असार २५ – सुनसरी क्षेत्र नं. ३ की सांसद सुमित्रा थरुनिले दलित छात्रा बिध्यार्थिहरुलाई सुक्रवार साईकल बितरण गरेकी छिन । बिध्यालय सम्म साईकलबाट छिटो पुग्ने भएकोले घरको काम पनि भ्याएर अध्यन्नकालागी ढिलो नहोस भनेर एक कार्यक्रम बिच ३१ जनालाई बितरण गरेको समाज तथा मानविय बिकास कार्यकर्ता मञ्च सुनसरीका अध्यक्ष देबेन्द्र चौधरीले बताउनु भयो । सांसद बिकास कोषको ३ लाखको रकम तथा जिल्ला बिकासको सहकार्यमा बितरण भएको हो ।
कार्यक्रममा कक्षा ९ र १० मा अध्यनरत अतिबिपन्न परिवारका मुसहर र मोचि समुदायका बिध्यार्थीहरुलाई सांसद सुमित्रा थरुनिले बितरण गर्नु भयो । मञ्च सुनसरीको अध्यक्ष देबेन्द्र चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य कुमार थापा,महेशदत,जिल्ला अध्यक्ष प्रदिप चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।