रेडियो रामधुनी ९१.९ मेगाहर्ज
                                                      रामधुनी-१, झुम्का, सुनसरी
रेडियो रामधुनी को परिचय
राष्ट्रको चौथोअंग सञ्चार र यस क्षेत्रमा सुरु भएको आधुनिकीकरण संगै बिद्युतिय संचार माध्यमहरु धमाधम खुली रहेका बेला समावेसी आवाज, समृदसमाज को लागी, राष्ट्र र राट्रियता को प्रतिबिम्ब, बिकास त्यसैगरी परिवर्तन र असल शासनका लागि स्थानीय तहमै बहस सञ्चालन गरी जनमत तयार गर्ने उदेश्यले २०७० साल बैशाखमा सामुदायिक रेडियो “रेडियो रामधुनी” को स्थापना भएको हो । नव वर्ष को अवसर पारेर २०७० बैशाख १ गते देखि परिक्षण प्रसारण थालेको रेडियो रामधुनी ९१.९ मेगाहर्ज ले आफ्नो लक्ष्य प्राप्तीका लागि अहिले नियमीत प्रसारण गरिरहेको छ । लामो समयदेखि सञ्चारक्षेत्रमा आबद्ध यूवा सञ्चारकर्मी, शिक्षक र यसक्षेत्रका प्रतिष्ठित समाजसवीहरुको सामूहिक पहलमा स्थापना भएको योे सामुदायिक रेडियो प्रयास सुचना संचार सहकारी संस्थाको ब्यबस्थापनमा सञ्चालित छ ।
रेडियो रामधुनी ९१.९ मेगाहर्ज को सञ्चालक समुह, उत्पादन तथा प्रसारण समुह र रेडियो रामधुनीबाट प्रसारण हुने कार्यक्रम समावेसी छन । पुर्बाञ्चलमा मिश्रीत जातजातिको बसोबास रहेकाले समाजलाई आर्थिक रुपले पनि सम्पन्न बनाउन र सामाजिक अन्धविश्वास हटाउन हामीले राष्ट्रिय भाषा नेपालीसंगै थारु, मैथिली लगायतका स्थानीय भाषामा पनि कार्यक्रम प्रसारण गरिरहेका छांै । यसै गरी स्वास्थ्य, शिक्षा, कृषि, सहकारी र बिकास निमार्णमा हुनु पर्ने जनताको सहभागिता लगायत सर्बसधारणको दैनिक जिवनमा आवश्यक पर्ने सुचनाहरुलाई “रेडियो रामधुनीले” बढि प्राथमिकतामा राखेको छ त्यसैले बिभिन्न संघ संस्थासंग सहकार्यगरि कार्यक्रम उत्पादन र प्रसारण गरि रहेको छ ।
सामाजिक रुपान्तरणका लागि सूचनाको हक सबै जनतासम्म पुयाउन र त्यसैका माध्यमबाट समाज परिर्बतन गराउन स्थापना भएको रेडियो रामधुनिले पूर्वाञ्चलका सबै जनघनत्वका क्षेत्रहरुमा तालिम प्राप्त सञ्चारकर्मीहरुको सञ्जाल निमार्ण गरि अहिले बिहान ७ः०० बजे, विहान १० बजे, मध्यान्ह १२ः०० बजे, दिउसो ३ बजे, साँझ ५ बजे र राती ७ः०० बजे स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय तथा खेलकुदका समाचार “रामधुनी खबर” प्रसारण गरी सूचना प्रवाह गरिरहेका छौँ । त्यसैगरी राष्ट्रिय स्तरका समाचार ऋक्ष्ल् नेटवर्क काठमाण्डौबाट साँझा खवर बिहान ६ः०० बजे र राती ८ः४५ बजे देखि BBC  नेपाली सेवा प्रसारण भइरहेको छ । पूर्वाञ्चलका दश लाख श्रोतालाई सन्तुलित खबर र बिशुद्ध मनोरञ्जन प्रदान गर्ने उदेश्य लिएको यो रेडियोले सबै जाती, भाषा र सस्कृतीको पहिचान र संरक्षणकालागि सकृय रुपमा काम गर्दै रहने छ ।
प्रबिधि र प्रसारण क्षेत्र
रेडियो रामधुनी ९१.९ मेघाहर्ज डिजिटल ब्रोडकाष्टिगं सिष्टम अन्र्तगत पूर्वाञ्चलको रामधुनी-भासि नगरपालिकाको केन्द्रित बजार झुम्काबाट नियमित प्रसारण भैरहको छ । आधुनिक उपकरणबाट प्रसारित यो रेडियो सुनसरी, मोरङ्ख, ईलाम, सप्तरी, उदयपुर, भोजपुर लगायतका पूर्वाञ्चल बिकास क्षेत्रका अधिकांस स्थानमा क्तभचभय कयगलम मा सुन्न सकिन्छ । यसका साथै अनलाईन मार्फत www.radioramdhuni.com बाट पनि संसार भरि सुन्न सकिने छ ।
ब्यापार प्रवर्दनका सबालमा रेडियो रामधुनी

बिहान ५ वजेदेखि राती १० वजेसम्म विविध कार्यक्रमका साथ नियमित प्रसारण र विभिन्न सुचना मुलक कार्यक्रम प्रसारण गर्र्दै आएको “रेडियो रामधुनी” अहिले सुनसरीको लोकप्रीय रेडियोको रुपमा स्थापित भईसकेको छ । डिजिटल ब्रोडकाष्टिगं सिष्टम अन्र्तगत सुनसरीको रामधुनी(भासि नगरपालिकाको केन्द्रित बजार झुम्काबाट प्रसारित यो रेडियोले सन्तुलित खबर र बिशुद्ध मनोरञ्जन संगै सरल रेटमा बिज्ञापन तथा प्रायोजक कार्यक्रम प्रसारण गरि नेपाली उत्पादनको व्यवसाय प्रर्वद्धनमा पनि सहयोग गरिरहेकोे छ । यहि क्रममा हामीले यहाँ समक्ष विज्ञापन र कार्यक्रम प्रायोजनगरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दर्छौँ ।

सहयोगको अपेक्षा सहित!

 रेडियो रामधुनी ९१.९ मेगाहर्ज
 रामधुनी-१, झुम्का, सुनसरी

 फोन नं : ०२५-५६२५७१ (स्टुडियो)
                                      ०२५-५६२५७२ (स्टुडियो)                                                   ०२५-५६२५७३ (अफिस)             

E-mail: radioramdhuni@gmail.com